२०८३, आषाढ ९ गते

Jun 23 2026 | २०८३, आषाढ ९ गते

भूमिगत जलभण्डारको अनावश्यक प्रयोग नगर्न रुपन्देही प्रशासनको आग्रह

मंगलवार , आषाढ ९, २०८३

  • 490
    Shares
  • 490
    Shares
  • भैरहवा, ९ असार । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भूमिगत जलभण्डारको अनावश्यक प्रयोग नगर्न अनुरोध गरेको छ ।

    केही दिनदेखि अत्याधिक गर्मी बढेसँगै किसानहरुले धान रोपाई कार्य सुरु गरेकाले भूमिगत जल भण्डारमा थप चाप गइ भूमिगत पानीको अनावश्यक प्रयोग र खडेरीका कारण कतिपय चापाकल, ह्याण्डपाईप र धारामा पानी सुक्न गइ जनजीवन कष्टकर हुँदै गएको भन्ने गुनासो आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो।

    Suchana.jpg

    अनावश्यक रुपमा स्यालो ट्युबवेल बोरिङ चलाउने र आर्टिजनको अनावश्यक प्रयोग नगरी/नगराई खानेपानी समस्या हुन नदिन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्बन्धित सबैमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सूचनामार्फत अनुरोध गरेको छ । यो वर्ष मनुसन ढिलाइ र वर्षा न्यून हुने प्रक्षेपण मौसम पूर्वानुमान विभागले गरेको छ ।