आइतवार , आषाढ १४, २०८३
काठमाडौं, १४ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले प्रदेश सभा खारेज गर्ने राष्ट्रिय जनमोर्चाको राजनीतिक एजेण्डा बोकेर रास्वपाको अस्तित्व जोगिन नसक्ने टिप्पणी गर्नुभएको छ । बस्नेतले संघीयतामाथि हुने छेडखानीले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने भन्दै संविधान संशोधन मुलुकलाई अग्रगतिमा लानका लागि हुनुपर्ने बताउनुभएको हो ।
बस्नेतले भन्नुभयो, ‘हरेक राजनीतिक दलका आ–आफ्ना विचार र एजेण्डा हुन्छन् त्यसलाई अन्यथा मान्नुपरेन । जहाँसम्म संघीयता, गणतन्त्र, समानुपातिक समावेशीतालगायतका संविधानका मुलभूत विषयमा सम्झौता हुन सक्दैन ।’
यी राजनीतिक उपलब्धी कसैको दया, मायाबाट आएको नभइ जनताको आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको उनको टिप्पणी छ ।
संघीयताको सबलीकरणमा जोड दिदै बस्नेतले प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि संघर्षरत रहनुपर्ने बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij