२०८३, आषाढ १५ गते

Jun 29 2026 | २०८३, आषाढ १५ गते

रोटरी क्लब अफ बुटवल चौतारीको अध्यक्षमा वासुदेव भुसाल

सोमवार , आषाढ १५, २०८३

  • 781
    Shares
  • 781
    Shares
  • बुटवल, १५ असार । रोटरी क्लब अफ बुटवल चौतारीको आठौं पदस्थापन कार्यक्रममा वर्ष २०२६–२७ का लागि अध्यक्षको जिम्मेवारी वासुदेव भुसालले पदभार ग्रहण गर्नुभएको छ । कार्यक्रमको उद्घाटन रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का वर्ष २०२६–२७ का प्रेसिडेन्ट नोमिनी तथा रोटरी वर्ष २०२५–२६ का डिजीएनडी अमित गिरीले गर्नुभएको थियो ।

    उद्घाटन गर्दै गिरीले रोटरीले समुदायमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सेवाका क्षेत्रमा पुर्याउँदै आएको योगदान उल्लेख गर्नुभयो । उहाँले नयाँ नेतृत्वले सेवा, पारदर्शीता र सदस्यबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    नवनिर्वाचित अध्यक्ष वासुदेव भुसालले क्लबको सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउँदै शिक्षा, युवा सशक्तीकरण, वातावरण संरक्षण तथा समुदायको आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा मानार्थ सदस्यद्वय ताराचन्द केडिया र प्रेमप्रसाद पोखरेलको पनि उपस्थिति थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै ताराचन्द केडियाले समाजमा सकारात्मक परिवर्तनका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

    संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले क्लबको स्थापना कालदेखि आजसम्मको यात्रालाई स्मरण गर्दै संस्थागत एकता, अनुशासन र सेवाभावलाई निरन्तर सुदृढ बनाउन सबै सदस्यलाई आग्रह गर्नुभयो ।

    पूर्वअध्यक्ष तथा जोन २६ का वर्ष २०२६–२७ का असाइन एजी नुमेन्द्र पौडेलले नेतृत्व परिवर्तन रोटरीको सशक्त परम्परा भएको उल्लेख गर्दै नयाँ कार्यसमितिले दीर्घकालीन सोचका साथ समुदायमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    क्लबका कोषाध्यक्ष विष्णु कंडेलले उपस्थित सबैलाई स्वागत गर्दै सदस्यहरूको सक्रिय सहभागीता नै क्लबको सफलताको आधार भएको उल्लेख गर्नुभयो । उहाँले सेवा परियोजनालाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 
    रोटरी क्लब अफ बुटवल चौतारीका सल्लाहकार राजेन्द्र ढकालले नयाँ नेतृत्वलाई शुभकामना दिँदै क्लबले समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै सामाजिक सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा अघिल्लो कार्यकालमा सञ्चालन गरिएका सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो । सो अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थी तथा क्लबका गतिविधिमा सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको वर्ष २०२६–२७ का सचिव माधव पौडेलले बताउनुभयो ।

    क्लबको वर्ष २०२६–२७ का लागि सचिवमा माधव पौडेल, कोषाध्यक्षमा विष्णु पौडेल, प्रेसिडेन्ट इलेक्टमा केशव भुसाल, प्रेसिडेन्ट नोमिनीमा खगेन्द्र बेलबासे, प्रथम उपाध्यक्षमा माधव कँडेल, द्वितीय उपाध्यक्षमा विष्णु कंडेल, तृतीय उपाध्यक्षमा युवराज न्यौपाने, सह–सचिवमा रामनाथ पाण्डे, सह–कोषाध्यक्षमा कृष्णबहादुर जिसी, टीआरएफ चेयरमा कृष्ण कार्की, एडमिनिस्ट्रेटिभ चेयरमा ज्योति पौडेल, मेम्बरसिप चेयरमा सुवास घिमिरे, सर्भिस प्रोजेक्ट चेयरमा मदन आचार्य, पब्लिक इमेज चेयरमा अंकित क्षेत्री, यूथ सर्भिस चेयरमा तारा नेपाल, सर्जन एट आम्र्समा भीमलाल पौडेल, सहायक सर्जन एट आम्र्समा विष्णु भट्टराई तथा सदस्यहरूमा प्रवेश आचार्य, केशव पौडेल, चन्द्रकान्त खनाल र सौरभ खड्का रहनुभएको छ ।

    सल्लाहकारमा संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी र पूर्वअध्यक्ष नुमेन्द्र पौडेल रहनुभएको छ ।

    Messenger_creation_3D9B5B2F-41F3-4491-8FF6-F19A7C0ABF2D.jpeg

    कार्यक्रम पुर्वअध्यक्ष तथा जोन २६ का वर्ष २०२६–२७ का असाइन एजी नुमेन्द्र पौडेलले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजकको भूमिका बिष्णु कंडेलले निर्वाह गर्नुभएको थियो ।