२०८३, आषाढ १७ गते

Jul 01 2026 | २०८३, आषाढ १७ गते

श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सम्बन्धी अभिमुखीकरण

बुधवार , आषाढ १७, २०८३

  • 187
    Shares
  • 187
    Shares
  • भैरहवा, १७ असार । सिद्धार्थनगर नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

    सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयमा भएको कार्यक्रममा जान्नुपर्ने कानून सम्बन्धी विषयवस्तुको बारेमा सहभागीलाई अभिमुखीकरण गरिएको थियो ।

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले विदेश जाँदा नेपालको विमानस्थल मात्रै प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले कुनै विषयमा समस्या भए रोजगार सेवा केन्द्रमा गएर बुझ्न सकिने बताउनुभयो ।

    कार्यक्रममा नगरपालिकाका रोजगार सेवा केन्द्रका प्रमुख (संयोजक) खेमराज गैरेले सहजीकरण गर्नुभएको थियो । उहाँले अहिले श्रम स्वीकृति स्थानीय तहबाटै सुरु भएको जानकारी दिनुभयो ।

    सिद्धार्थनगर नगरपालिका–४ का वडा सदस्य हरि बहादुर के.सी.को स्वागत तथा सहायक कम्प्युटर अपरेटर कल्पना खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीले विभिन्न जिज्ञासा राखेका थिए ।