२०८३, आषाढ १७ गते

Jul 01 2026 | २०८३, आषाढ १७ गते

रुपन्देहीमा निःशुल्क विरुवा वितरण सुरु

बुधवार , आषाढ १७, २०८३

  • 340
    Shares
  • 340
    Shares
  • भैरहवा, १८ असार । डिभिजन वन कार्यालय, रुपन्देहीले सर्वसाधारणको लागि निःशुल्क विरुवा वितरण सुरु गरेको छ । कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार खरिद भएका फलफूल (आँप र लिची) का विरुवाहरु २०८३ साल असार १५ गतेदेखि निःशुल्क वितरण सुरु गरिएको कार्यालयका प्रमुख (सिनियर डिभिजनल वन अधिकृत) प्रवीण विडारीले बताउनुभयो ।

    त्यस्तै कार्यालयबाट उत्पादन भइ नर्सरीमा मौज्दातमा रहेका टिक, मसाला, जामुन, अर्जुन लगायतका काष्ठ तथा गैरकाष्ठ प्रजातिका विरुवाहरु पनि निःशुल्क वितरण भइरहेको विडारीले जानकारी दिनुभयो । ‘यो हरेक वर्ष कार्यालयले गर्ने प्रमुख प्राथमिकताप्राप्त कार्यक्रम हो, ’उहाँले भन्नुभयो ।

    उहाँका अनुुसार जिल्लाका १६ वटै स्थानीय तहबाट सर्वसाधारणले विरुवा लगेका छन् । डिभिजन वन कार्यालयमा विभिन्न प्रकारका विरुवाहरु उत्पादन हुँदै आएको उहाँको भनाइ छ । विडारीका अनुसार रुपन्देहीका ६ वटा स्थानीय तहमा वन क्षेत्र नै छैन । विभिन्न शर्तहरुको अधिनमा रही निःशुल्क विरुवा वितरण भइरहेको डिभिजन वन कार्यालय, रुपन्देहीले जनाएको छ ।