२०८३, आषाढ १९ गते

Jul 03 2026 | २०८३, आषाढ १९ गते

मणिमुकुन्दको ३० औं स्थापना दिवस, अक्षयकोष स्थापना तथा स्मारिका प्रकाशन

शुक्रवार , आषाढ १९, २०८३

  • 472
    Shares
  • 472
    Shares
  • बुटवल, १९ असार । सामरिक महत्व बोकेको बुटवलको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिकोे ३० औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । शुक्रबार समितिको सभाहलमा भएको कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले उद्घाटन गर्दै नेपालको गौरव र सामरिक महत्वका सेनवंशिय दरबार तथा धार्मिक दृष्टिकोणबाट समेत ऐतिहासिक गाथासंग फुलबारी जोडिएको बताउनुभयो । उहाँले रुपन्देही नेपालकै एक नम्बरमा पर्ने सुविधासम्पन्न जिल्ला भएको दावी गर्दैैै यस क्षेत्रको पर्यटकिय सौन्दर्य झल्किाउने गरी फूलबारी लिन सकिने उहाँले बताउनुभयो ।

    स्थापना दिवसको अवसरमा मणिमुकुन्द सेन उद्यानको इतिहास र पर्यटकीय विषयवस्तुलाई समेटेर तयार पारिएको स्मारिका बिमोचन गरिएको छ । त्यसै गरी उद्यानको विकासमा योगदान दिने पूर्वअध्यक्ष तथा समाजसेवीहरुलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान तथा बुटवल माविमा १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । कार्यक्रममा विद्यालयका प्रअ होम बहादुर रायमाझीलाई सो रकमको चेक हस्तान्तरण गरिएको महासचिव युवराज घिमिरेले बताउनुभयो ।

    कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले फुलबारीको इतिहासलाई थप उजगार गर्न सके मात्र यसको प्रचारप्रसार हुने र पर्यटक भित्र्याउन सकिन सम्भावना रहेको बताउनुभयो । फुलबारीका ईतिहासलाई लिपिबद्ध गर्ने गरी लेखक अध्यताहरुको सम्मेलन तथा एआई आईसिटी पार्क निर्माणमा पालिकाबाट आवश्यक सहकार्य गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । त्यसै गरी फुलबारीको संरक्षण र विकासमा योगदान दिएका समाजसेवीहरु द्वारिका उदय र मुन्निलाल शाक्यको स्मृतिमा शालिक निमार्णमा समेत पालिकाबाट सहयोेग गर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, उद्यानका पूर्वअध्यक्ष मोति ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिल शाक्य, बुटवल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बाबुराम पौड्याल, उद्यानका विशेष नेतृत्वकर्ता विष्णु खनालले उद्यानको विगत स्मरण गर्दै विभिन्न चरणमा भएको विकाससँगै पर्यटकीय स्थलका रुपमा परिचित गराउन सफल भएको बताउनुभयो ।

    अध्यक्ष माधव प्रसाद नेपालले उतारचढाव हुँदै वर्तमान अवस्थामा आएको बताउँदै सबै क्षेत्रको सहयोग र सहकार्य महत्वपूर्ण रहेकोे बताउनुभयो । इतिहास र पर्यावरण जोगाउने गरी अभियान आफूहरु चलाउन चाहेको उहाँले बताउनुभयो ।