२०८३, आश्विन २८ गते

Oct 14 2026 | २०८३, आश्विन २८ गते

बारम्बार विद्युत अवरोध हटाउन तिलोत्तमा व्यापार संघको माग

शनिवार , आषाढ २०, २०८३

  • 874
    Shares
  • 874
    Shares
  • तिलोत्तमा, २० असार । तिलोत्तमा व्यापार संघले रुपन्देही क्षेत्रमा पछिल्लो समय बारम्बार भइरहेको विद्युत अवरोधप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल विद्युत प्राधिकरण, नयाँमिल शाखासँग तत्काल सुधारको माग गरेको छ । 

    संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले शाखा प्रमुखलाई बुझाउनुभएको पत्रमा अनियमित विद्युत अवरोधका कारण उद्योग, व्यापार तथा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भइरहेको उल्लेख गरिएको छ । बारम्बार विद्युत आपूर्ति अवरुद्ध हुँदा उत्पादन प्रक्रिया प्रभावित हुनुका साथै विद्युतीय उपकरणमा क्षति, दैनिक जनजीवनमा असहजता तथा व्यवसायमा आर्थिक नोक्सानी भइरहेको संघले जनाएको छ । 

    संघले अनावश्यक विद्युत अवरोध तत्काल हटाई नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न, मर्मत वा अन्य कारणले विद्युत बन्द गर्नुपर्ने अवस्था आए उपभोक्तालाई पूर्वसूचना दिने व्यवस्था गर्न, वितरण प्रणालीको सुधार तथा आवश्यक मर्मत कार्य शीघ्र सम्पन्न गर्न र उद्योग–व्यवसायसहित सबै उपभोक्तालाई भरपर्दो विद्युत सेवा उपलब्ध गराउन माग गरेको छ। 
    व्यवसायीले पछिल्ला केही सातादेखि दिनहुँजसो छोटो–छोटो समयका लागि विद्युत जाने र आउने क्रम बढेकाले व्यापार–व्यवसाय सञ्चालनमा समस्या भइरहेको गुनासो गर्दै आएका छन् । यसले विद्युतीय उपकरणको आयु घट्नुका साथै उत्पादनमूलक क्षेत्रसमेत प्रभावित भएको उनीहरूको भनाइ छ ।