२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

मणिमुकुन्द सेन र उजिरसिंह थापाको योगदान समेटिएको पुस्तक लोकार्पण

आइतवार , आषाढ २१, २०८३

  • 946
    Shares
  • 946
    Shares
  • बुटवल, २१ असार । अग्रज पत्रकार महेन्द्र थापाद्वारा लिखित ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा : व्यक्ति, व्यक्तित्व र योगदान’ नामक पुस्तकको बुटवलमा लोकार्पण गरिएको छ । 

    पाल्पाली सेनवंशी प्रतापी राजा मणिमुकुन्द सेन, पाल्पा राज्यको इतिहास तथा नेपाल–अंग्रेज युद्धका वीर कमाण्डर कर्णेल उजिरसिंह थापाको पराक्रमलाई संक्षिप्त रूपमा समेटिएको उक्त पुस्तक बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, संस्कृतिविद् बिमलबहादुर शाक्य तथा अग्रज पत्रकार मदनलाल पौडेललगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो । 

    737297591_3011445962392661_5401821894542807311_n.jpg

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्राचीन पाल्पा राज्य र बुटवलको ऐतिहासिक महत्वलाई उजागर गर्ने उद्देश्यले प्रकाशित उक्त पुस्तक इतिहास अध्ययन गर्ने विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल–अंग्रेज युद्धको गौरवशाली जीतगढी युद्धका कमाण्डर कर्णेल उजिरसिंह थापा तथा तत्कालीन पाल्पाली सेनवंशी राजाहरूको योगदानबारे गरिएको खोजमूलक अध्ययनले बुटवलको ऐतिहासिक पहिचान र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।

    अग्रज पत्रकार मदनलाल पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृतिविद् बिमल बहादुर शाक्य, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष राम प्रसाद आचार्य, पुस्तकका लेखक महेन्द्र थापालगायतले पुस्तकमाथि चर्चा गर्दै राजा मणिमुकुन्द सेन र कर्णेल उजिरसिंह थापाको ऐतिहासिक योगदानबारे आफ्ना धारणा राख्नुभएको थियो । 

    वक्ताहरूले मणिमुकुन्द सेन र उजिरसिंह थापाको शासनकाल करिब तीन शताब्दीको अन्तरमा भए पनि पाल्पा राज्यको निर्माण र संरक्षणमा दुवैको योगदान ऐतिहासिक रूपमा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । मणिमुकुन्द सेनले विस्तार गरेको शक्तिशाली पाल्पा राज्यलाई करिब ३०० वर्षपछि नेपाल–अंग्रेज युद्धका क्रममा कर्णेल उजिरसिंह थापाले सफलतापूर्वक रक्षा गरेको ऐतिहासिक तथ्यलाई पुस्तकले रोचक र अनुसन्धानमूलक ढंगले प्रस्तुत गरेको उनीहरूको भनाइ थियो ।

    कार्यक्रममा सहभागीहरूले इतिहासका युगपुरुषहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता अनुसन्धानमूलक कृतिको प्रकाशन आवश्यक रहेकोमा जोड दिएका थिए ।