आइतवार , आषाढ २१, २०८३
भैरहवा, २१ असार । रुपन्देहीको मायादेवी गाउँपालिकामा १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । दिवसको अवसरमा गाउँपालिकाको सहकारी शाखाको आयोजनामा शनिबार उत्कृष्ट सहकारी संस्था तथा पदाधिकारी पुरस्कार कार्यक्रम गरिएको छ ।
उत्कृष्ट सहकारी संस्थामा मायादेवी बहुउद्देश्यीय सहकारी संस्था, मायादेवी–७ तथा उत्कृष्ट कर्मचारीमा सगरमाथा बचत तथा ऋण सहकारी संस्था, मायादेवी–८ को व्यवस्थापक अम्बिका अधिकारीलाई पुरस्कार प्रदान गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीको प्रमुख आतिथ्यता, प्रशासन शाखा प्रमुख पम्फा पन्थको स्वागत तथा सहकारी शाखा प्रमुख सीता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिका प्रवक्ता शैलेन्द्र कुमार पाण्डेय, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यसहित विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीका साथै गाउँपालिकाका कर्मचारीको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij