२०८३, आषाढ २१ गते

Jul 05 2026 | २०८३, आषाढ २१ गते

लुम्बिनी प्रदेश सभा : थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक समितिमा पठाइयो

आइतवार , आषाढ २१, २०८३

  • 388
    Shares
  • 388
    Shares
  • दाङ, २१ असार । लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । 

    प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आइतबार बसेको ११ औं बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयकलाई विषयगत समितिमा पठाउने प्रस्ताव पेश गर्नुभएको थियो । मन्त्री तिमिल्सिनाले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ सभामा प्रस्तुत गर्नुभएको थियो । 

    सभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेपछि विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको हो । अब सामाजिक विकास समितिले विधेयकका प्रत्येक दफामाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार गर्नेछ ।

    समितिको प्रतिवेदनपछि विधेयक पुनः प्रदेश सभामा पेश हुने र त्यसउपर थप छलफल तथा पारित प्रक्रिया अघि बढाइनेछ ।