२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

सिद्धार्थ साहित्य परिषद्को २४६ औं नियमित मासिक संगम

शनिवार , जेठ १, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, १ जेठ ।
    सिद्धार्थ साहित्य परिषद्को २४६ औं नियमित मासिक संगम आज शनिबार भर्चुवल रुपमा सम्पन्न भएको छ । परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यिक श्रष्टाहरुले रचना वाचन गरेका थिए ।

    सो अवसरमा साहित्यकार वनमाली निराकार, रमेश समर्थन, नारायण प्रसाद भण्डारी, कृष्णप्रसाद ज्ञवाली, सीता काफ्ले, हिरालाल धामी, राधा भट्टराई, राधा खरेल, गंगा अभिलाषी, लक्ष्मी प्रसाद अधिकारी, सरु ज्ञवाली, खगेन्द्र बस्याल, आदर्श भण्डारी लगायतले रचना वाचन गरेका थिए ।

    परिषद्का कोषाध्यक्ष सीता काफ्लेको स्वागत मन्तव्य तथा सचिव लक्ष्मी प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।