२०८३, भाद्र ८ गते

Aug 24 2026 | २०८३, भाद्र ८ गते

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

सोमवार , भाद्र ८, २०८३

  • 295
    Shares
  • 295
    Shares
  • भैरहवा, ८ भदौ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला दुई हजार आठ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार तोलामा तीन हजार दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला तीन लाख २२ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको जनाएको छ।

    आइतबार सुन प्रतितोला तीन लाख १९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य भने घटेको छ । चाँदी आइतबार प्रतितोला चार हजार ९ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। चाँदी सोमबार तोलामा चार हजार ९ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

    अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार ६ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।