२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प

बुधवार , जेठ ५, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • काठमाडौं, ५ जेष्ठ।

    लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर आज बिहान करिब पौने ६ बजे ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको हो।

    भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिएका छन्। भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाडौँ उपत्यकामा र रुपन्देही लगाएका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन।