२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

मुख्यमन्त्री पोखरेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्ने निर्णय

बुधवार , जेठ ५, २०७८

भैरहवा, ५ जेठ । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने प्रतिपक्षी दलले निर्णय गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवबाट वैशाख १९ गते शंकर पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति नेपालको संविधानको मर्म र भावनाविपरीत रहेकोले संविधानको रक्षार्थ न्यायिक उपचारको लागि रिट दर्ता गरेर न्यायिक उपचार खोज्ने नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले बताए । 

लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा गरी चार दलका प्रतिनिधि सम्मलित बैठकले बुधबार उक्त निर्णय गरेको खानले जानकारी दिए ।

बैठकमा कांग्रेस सांसद विरेन्द्र कुमार कानोडिया, फखरुद्दीन खान, निर्मला क्षेत्री, रमा अर्याल, माओवादी केन्द्रका कुल प्रसाद केसी, तुलाराम घर्ती मगर, जनता समाजवादी पार्टीका सहसराम यादव, पुर्मती ढेंगा मगर र राष्ट्रिय जनमोर्चाका नेता गणेश प्रसाद गौतमको उपस्थिति रहेको थियो ।