२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

तीज कार्यक्रम स्थगित गरेर बाढीप्रभावितलाई सहयोग

शुक्रवार , भाद्र १९, २०८३

  • 301
    Shares
  • 301
    Shares
  • भैरहवा, १९ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले रसुवाको भोटेकोशीको बाढीबाट प्रभावित परिवारको लागि आर्थिक सहयोग गर्ने भएको छ। हरितालिका तीजको अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको दरखाने तथा साँस्कृतिक कार्यक्रम स्थगित गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकलाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताउनुभयो । मुलुकको विषम परिस्थितिलाई मध्यनजर गर्दै तीज कार्यक्रमका लागि विनियोजित बजेट बाढीप्रभावितको सहयोगार्थ रकम कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुुभयो ।

    सिद्धार्थनगर नगरपालिकाका प्रवक्तासमेत रहनुभएका अध्यक्ष यादवले भदौ १० गते बाढीमा ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको छ । ‘यो विपद्को घटनाबाट हामी सिंगो वडा कार्यालय परिवार र वडाबासी अत्यन्तै दुःखित छौं । दुःखको यो समयमा पीडितलाई केही भए पनि सहयोग पुगोस् भन्ने हाम्रो प्रयास हो, ’उहाँले भन्नुभयो ।