२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

‘मुलुकको आर्थिक विकासका लागि ढुवानी व्यवसायको भूमिका महत्वपूर्ण’

आइतवार , आश्विन ४, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • भैरहवा, ४ असोज । ढुवानी व्यवसायी संघ लुम्बिनी ओमसतिया–२ पडसरी, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

    साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले ढुवानी व्यवसायीले राम्रो काम गरिरहेको बताउनुभयो । उहाँले व्यवसायीको साथमा आफू रहेको र सक्दो सहयोग गर्ने बताउनुभयो । नगरप्रमुख खाँले संसार स्मार्ट भइरहेको बेला ढुवानी व्यवसायीले आफ्नो व्यवसायलाईइ स्मार्ट बनाउनुपर्नेमा जोड दिनुभयो । ढुवानी व्यवसाय महत्वपूर्ण रहेकोले व्यवसायीको विकासका लागि व्यवसायलाई समयअनुसार स्मार्ट बनाउन उहाँले आग्रह गर्नुभयो ।

    त्यस्तै ढुवानी व्यवसायी महासंघ, नेपालका अध्यक्ष माधव नेपालले यस क्षेत्रमा पार्किङसहितको ढुवानी ग्राम आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

    ढुवानी व्यवसायी संघ लुम्बिनीका अध्यक्ष माधव प्रसाद आचार्यले मुलुकको आर्थिक अवस्था तथा विकासका लागि ढुवानी व्यवसायको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले व्यवसायलाई समयसापेक्ष भरपर्दो र विश्वसनीय तवरबाट सञ्चालन गर्ने नीतिका साथ अगाडि आएको बताउनुभयो । अध्यक्ष आचार्यले हाल मुलुकमा देखिएको आर्थिक मन्दी, बनारमा आएको संकुचन तथा व्यवसायमा आएको गिरावटका कारण ढुवानी व्यवसायीहरु समेत प्रभावित बनेको बताउनुभयो । 

    कार्यक्रममा सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले ढुवानी व्यवसायी संघ लुम्बिनीको साथमा आफूहरु रहेको बताउनुभयो ।

    नेपाल भन्सार एजेण्ट संघ, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले भन्सार क्षेत्रमा ढुवानी व्यवसायीले गाडी राख्न सुझाव दिनुभयो । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरेले आपूर्ति प्रणाली सफल हुन ढुवानी व्यवसायी सफल हुनुपर्ने बताउनुभयो । 

    नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यम प्रसाद पाण्डेले ढुवानी व्यवसायीका समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    पश्चिमाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष यम बहादुर जि.सी.ले भदौ १० गते रसुवामा आएको बाढीले ढुवानीका सवारीसाधनमा ठूलो क्षति पुगेको बताउनुभयो ।

    ढुवानी व्यवसायी संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष शंकर लम्सालले लुम्बिनी क्षेत्रमा ट्रक पार्किङको उचित व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

    लुम्बिनी ट्रक यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष विष्णु खरेलले नेपाल सरकारले तोकेको भन्दा बढी भाडादर व्यवसायीले नखोजेको बताउनुभयो ।

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले संस्था स्थापना गरेर मात्र नहुने भएकोले ठोस योजना लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

    रुपन्देही नागरिक समाजका वरिष्ठ उपाध्यक्ष विकास रायमाझीले व्यवसायीहरु हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले मालबाहक सवारीसाधन मुलुकको आपूर्ति व्यवस्थासँग जोडिएको बताउनुभयो ।

    ढुवानी व्यवसायी संघ लुम्बिनीको अध्यक्ष माधव प्रसाद आचार्यको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष विक्रम पन्थीको स्वागत तथा पत्रकार एलिना आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।