images

शनिवार, बैशाख २२ गते २०८१

राष्ट्रपतिको निर्णय : ओली–देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न मिलेन

राष्ट्रपतिको निर्णय : ओली–देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न मिलेन

images
images
images
शुक्रवार, जेठ ७ २०७८
शुक्रवार, जेठ ७ २०७८
  • राष्ट्रपतिको निर्णय : ओली–देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न मिलेन

    काठमाण्डौ, ८ जेठ ।
    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैले पेश गरेको दावी नपुगेको ठहर गरेकी छन् । दुवै जनाको दावी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिएकी छन् ।

    images
    images
    images

    राष्ट्रपतिको कार्यालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका दुवै दावेदारले पेश गरेको दावी मा आधार नपुगेको जनाएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमा दावी पेश गर्न बिहीबार आह्वान गर्दै शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।

    निर्धारित समयभित्र कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव कुमार नेपाल पक्षको समेत समर्थनमा देउवाले १४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दावी प्रस्तुत गरेका थिए । त्यस्तै ओलीले एमाले र जसपाका १५३ जना सांसदको समर्थन आफूलाई रहेको दावी पेश गरेका थिए ।

    राष्ट्रपतिले प्रधानमन्त्रीमा दावी गर्ने ओली र देउवा दुवैको पक्षमा हस्ताक्षर गरेका सांसदहरुको नाम जुधेको उल्लेख गरेकी छन् । 

    राष्ट्रपति कार्यालयले दुवै तर्फबाट समर्थनकर्ता भनिएका सदस्य एकअर्कासँग दोहोरिएको, दलको निर्णयविपरीत एकले अर्कोलाई समर्थन गरेको र सम्बन्धित दलहरूले मान्यता नदिनू भन्दै पत्र पठाएकाले ओली र देउवा दुवैको दावी नपुग्ने निर्णय गरेको छ।

    एमालेबाट निर्वाचित सदस्यहरूका हकमा अर्को दलका उम्मेदवारको पक्षमा हस्ताक्षर गरेका सदस्यलाई मान्यता नदिन अनुरोध गर्दै पार्टी अध्यक्ष तथा संसदीय दलका नेताबाट लेखी आएको राष्ट्रपति कार्यालयले जनाएको छ। त्यस्तै, जनता समाजवादी पार्टी तर्फबाट पनि सदस्यहरूले पार्टीको आचरणविपरीत हस्ताक्षर गरिएको बुझिएकाले त्यसलाई अस्वीकृत गर्न अध्यक्ष ठाकुर र संसदीय दलका नेता महतोको हस्ताक्षरसहितको पत्र प्राप्त भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिFB_IMG_1621620729828.jpgFB_IMG_1621620731920 (1).jpgFB_IMG_1621620734180.jpg

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij