२०८३, आश्विन १६ गते

Oct 02 2026 | २०८३, आश्विन १६ गते

आधारभुत अस्पतालमा भवन मात्र, सेवा शुन्य

शुक्रवार , आश्विन १६, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौँ, १६ असोज । नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकारद्वारा निर्मित आधारभुत अस्पतालहरूमा दरबन्दी, उपकरण र औषधि अभावका कारण सेवा सञ्चालन हुन नसकेको भन्दै ध्यानाकर्षण गराउनुभएको छ ।

    शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गर्न सरकारसँग १० बुँदे प्रश्न र ७ बुँदे ठोस प्रश्ताव पेश गर्नुभएको हो । सांसद केरुङले आफ्नो निर्वाचन क्षेत्र पाँचथरको ग्रामीण बस्तीमा देखिएको स्वास्थ्य सेवाको दयनीय अवस्थाबारे सदनलाई अवगत गराउनु भयो ।

    उहाँले संघीय सरकारले ६५७ वटा आधारभूत अस्पताल निर्माणको घोषणा गरे पनि ती भवनहरूमा बिरामीले उपचार पाउन नसकेको भन्दै आलोचना गर्नुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहबीच जिम्मेवारी बाँडफाँटमा स्पष्टता नहुँदा स्वास्थ्य प्रणाली नै धराशायी बनेको आरोप लगाउनु भयो । 

    उहाँले भन्नुभयो, ‘हामीले अस्पताल बनायौँ कि केवल भवन ? आज ग्रामीण क्षेत्रका स्थानीय तहसँग अस्पताल चलाउने न आर्थिक स्रोत छ, न चिकित्सक वा स्वास्थ्यकर्मीको दरबन्दी नै ।’ 
    उहाँले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार मान्दै निर्माण सम्पन्न भएका धेरै अस्पताल जनशक्ति र मेडिकल उपकरण अभावमा थन्किएको स्मरण गराउनु भयो ।