मंगलवार , आश्विन २०, २०८३
काठमाडौँ, २० असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी चुनावी सरगर्मीका बीच डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मंगलवार काठमाडौंको खुलामञ्चमा उहाँले औपचारिक रूपमा उम्मेदवारीको घोषणा गर्नुभएको हो । आईतवारबाट शुरु भएको नेपाली काँग्रेसको १५ औं महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाले गति लिएको छ । उम्मेदवारी घोषणा गर्दै डा. शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।
उहाँले काँग्रेसलाई थप गतिशीलता प्रदान गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij