मंगलवार , आश्विन २०, २०८३
काठमाडौं, २० असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनता समाजवादी पार्टी (जसपा), नेपालमा समाहित हुने निर्णय गरेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका संरक्षक हरिनारायण यादवले संयुक्त रूपमा जारी गर्नुभएको विज्ञप्तीमा उक्त निर्णयबारे जानकारी गराइएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक उपलब्धी हासिल गर्न सशक्त राजनीतिक पार्टीको आवश्यकता रहेको बोध गर्दै यस्तो निर्णय गरिएको राजपा नेपालका संरक्षक हरिनारायण यादवले बताउनुभयो ।
जसपा नेपालले अधिकार प्राप्तिका विभिन्न आन्दोलनहरु तथा संघीयता र पहिचान पक्षधर राजनीतिक शक्तिहरुबीच एकीकरण गर्ने निर्दिष्ट लक्ष्य प्राप्तीको दिशामा राजपा नेपालले गरेको यो निर्णय महत्वपूर्ण योगदानका रुपमा लिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij