२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई नवलपरासी कांग्रेसको निर्देशन

आइतवार , जेठ ९, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • नवलपरासी, ९ जेठ ।
    प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन गरेको छ । 

    जिल्ला सभापति विष्णु प्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो पटक असंवैधानिक तरिकाले गरेको प्रतिनिधिसभा विघटनले मुलुकलाई थप जटिल अवस्थामा पुर्याएको भन्दै त्यसविरुद्ध हुने कानूनी र राजनीतिक लडाइको आन्दोलनमा तयारी रहन भातृ संगठन, शुभेच्छुक संस्था र कार्यकर्तालाई निर्देशन गरिएको हो ।  

    विश्वासको मत गुमाइसकेका प्रधानमन्त्री ओलीको विकल्पमा संविधानतः बहुमत सांसदहरुले हस्ताक्षर गरी प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरी संविधानको पालना गर्न पनि विज्ञप्तीमा राष्ट्रपति समक्ष आग्रह गरिएको छ ।