
सोमवार , जेठ १०, २०७८
बुटवल, १० जेठ।
लुम्बिनी प्रदेशको बिपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिदेखी प्रदेश सभा सदस्यहरुको हस्क्षारसम्मको कागजपत्रहरु माग गरेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर भएका प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सहितको व्यहोरा नेपालको संविधानको धारा र सुचनाको हक सम्बन्धी २०६४ दफा ३ वमोजिम प्रदेश प्रमुखको कार्यालयमा माग गरेका हुन्।
नेपाली काँग्रेस संसदिय दलका सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पून, जसपा सचेतक पुर्मति ढेंगा र राजमोका सांसद तारा जिसीले प्रदेश प्रमुखको कार्यालयमा पुगेर लुम्बिनी प्रदेश प्रमुखले डाक्नु भएको प्रदेश सभा विशेष अधिवेशन सम्बन्धी पत्र, प्रदेश सरकार मुख्यमन्त्री शंकर पोखरलले दिएको राजीनामा लगाएत अन्य कागजपत्र माग गरिएको काँग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन।
अधिवेशन अन्त र शंकर पोखरेलले एमाले संसदीय दलको नेताका रुपमा बैशाख १९ गते गरिएको प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सहितको निवेदनसँगै पुनःनियुक्ति सम्बन्धी कागजपत्र माग गरिएको नेका सचेतक क्षेत्रीले बताईन्।
यस्तै नेकपा माओबादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गरियोस भन्ने प्रस्तावसहित हस्ताक्षर गरिएको निवेदनसहित अन्य कागजपत्र पनि माग गरिएको सचेतक क्षेत्रीले जानकारी दिईन। ति कागज पत्रहरु उपलब्ध भएपछि बिज्ञहरुसँग कानुनी उपचारका लागि छलफल गरिने माओवादी नेता कुलप्रसाद केसीले बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij