२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

प्रतिनिधि सभा बिघटन बिरुद्ध १४६ सांसदद्वारा सर्वोच्चमा रिट दायर

सोमवार , जेठ १०, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • काठमाडौँ। प्रतिनिधिसभा विघटन बिरुद्ध तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। 

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टिको उपेन्द्र यादव–डा बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चा गरी पाँच दलका एक सय ४६ सांसदले हस्ताक्षर गर्दै रिट दायर गरेका हुन्। 

    नेपालको संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न माग गर्दै र प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको हो। 

    यसअघि प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरेको थियो। जेठ ७ गते मध्यराति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै  मध्यावधि चुनाव घोषणा गरेकी थिइन्।