आइतवार , कार्तिक १५, २०८३
भैरहवा, १५ कार्तिक । अरनिको बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रकाश सिग्दलेको अध्यक्षता, उपाध्यक्ष उमकला पौडेलको स्वागत तथा सचिव मदन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
शनिबार भैरहवास्थित चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही)को सभाहलमा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष धु्रवनारायण त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको वरिष्ठ प्रशासकीय अधिकृत एवं सहकारी शाखा प्रमुख कमलकान्त खनालले सहकारीसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मधुसुदन आचार्य, सल्लाहकार सीता भट्टराई, शेयर सदस्य गोविन्दराज पौडेल, अनिता थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सिग्दलेले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद मरासिनीले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुरीरवेक्षण समिति सदस्य दीपक अर्यालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिवेदन उपर संस्थाका शेयर सदस्य लता पोखरेल र सुधीर पौडेल लगायतले जिज्ञासा राख्नुभएको थियो । उक्त अवसरमा ३४ जना नयाँ शेयर सदस्यलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार हरिप्रसाद अर्याल र सेयर सदस्य अन्जला भण्डारी भट्टराईलाई सम्मान गरिएको थियो । १४९ जना पुरुष र ३ सय जना महिला गरी ४४९ जना शेयर सदस्य रहेको संस्थामा ३०० जनाको उपस्थिति रहेको थियो ।
१४ वटा कार्यविधि, पुर्नलिखित विनियम, आगामी वर्षको कार्ययोजना र अनुमानित बजेट स्वीकृत गर्दै साधारण सभा सम्पन्न भएको सचिव मदन पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सञ्चालक समिति सदस्यहरू जितेन्द्र बनिया, टंक प्रसाद आचार्य, बालकृष्ण आचार्य, अनिता पोखरेलको समेत उपस्थिति थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
