
सोमवार , जेठ १०, २०७८
नवलपरासी, १० जेठ ।
असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै पश्चिम नवलपरासीमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ । प्रतिनिधिसभा विघटनले मुलुकलाई थप जटिल अवस्थामा पुर्याएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पश्चिम नवलपरासीले जिल्लाका ७ वटै पालिकामा प्रधानमन्त्री र राष्ट्रपतिको विरोध गर्दै पुत्ला दहन गरेको हो ।
नेपाल विद्यार्थी संघ निवर्तमान जिल्ला सभापति राजन भण्डारीको नेतृत्वमा विरोध कार्यक्रम गरिएको नेविसंघले जनाएको छ ।
रामग्राम र सुनवल नगरपालिकामा नेविसंघका जिल्ला नेता अर्जुन पौडेल, विकास घिमिरे र इमामुल अलि नेतृत्व, सरावल गाउँपालिकामा रियाज अलीको नेतृत्व, सुस्ता गाउँपालिकामा राज कुमार कुशवहाको नेतृत्व, प्रतापुर गाउँपालिकामा अनोज यादव र अजाज अन्सारीको नेतृत्व र बर्दघाट नगरपालिकामा केदार चौधरी र कमल बस्यालको नेतृत्वमा विरोध कार्यक्रम गरिएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापतिले आइतबार एक विज्ञप्ती जारी गर्दै वर्तमान सरकारको कदमविरुद्ध आन्दोलनका लागि तयार रहन जिल्लाका पार्टी कार्यकर्ता र शुभेच्छुकलाई अनुरोध गरेका थिए । सोही अनुरोध अनुसार नेविसंघ सोमबार जिल्लाका सबै पालिकामा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij