२०८३, मंसिर १ गते

Nov 17 2026 | २०८३, मंसिर १ गते

बुटवल उपमहानगरपालिकाका मेयर पाण्डेयलाई प्रतिमा बस्नेत समृति संस्थाद्वारा अभिनन्दन

सोमवार , कार्तिक ३०, २०८३

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, ३० कार्तिक । पाँचवर्षे कार्यकालको केही महिना मात्र बाँकी रहेका बेला रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई अभिनन्दन् गरिएको छ । प्रतिमा बस्नेत स्मृति सहयोगी संस्था बुटवलको १४ औं वार्षिक साधारण सभा तथा १५ औं प्रतिमा जयन्तीको अवसरमा उपमहानगर प्रमुख पाण्डेयलाई अभिनन्दन गरिएको हो ।

    वि.सं २०७९ सालको स्थानीय तहको निर्वाचनबाट बुटवल उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा निर्वाचित भएपछि बुटवलको समग्र विकास निर्माण तथा सामाजिक कार्यमा पुर्‍याएको योगदानको कदर स्वरूप उपमहानगर प्रमुख पाण्डेयलाई अभिनन्दन गरिएको संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

    सो अवसरमा उपमहानगर प्रमुख पाण्डेयले सबै जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ–संस्थाहरू र बुटवलबासीको सहयोगमा बुटवलको समग्र विकासले गति लिएको बताउनुभयो । उहाँले बाँकी अवधिमा पनि बुटवलको विकासमा समर्पित रहने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

    बुटवलको विकासमा लामो समयदेखि समस्याका रुपमा रहेको सुकुम्बासी समस्या समाधान गर्न र लालपूर्जा वितरण गर्नका लागि संघीय सरकारसँग समन्वय र सहकार्य गर्न आफ्नोतर्फबाट भरमग्दुर प्रयास गरिरहेको उहाँले बताउनुभयो। 

    प्रतिमा बस्नेत स्मृति सहयोगी संस्था बुटवलका अध्यक्ष नरेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार तथा बुटवलका पूर्व नगर उपप्रमुख बिमलबहादुर शाक्य, बुटवल माध्यमिक विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझी, संस्थाका सचिव गौतमलाल शाक्य, सदस्य पुजा बानियालगायतले संस्थाका गतिविधिबारे चर्चा गर्नुभएको थियो ।

    222.JPG

    कार्यक्रममा बुटवल मा.वि, उजिरसिंह मा.वि, महाविर बोर्डिङ्ग स्कुल, स्थानीय मदरसा लगायतका विभिन्न विद्यालयहरुमा अध्ययनरत ३६ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको थियो । 

    सो अवसरमा संस्थाले सञ्चालन गरेको रक्तदान कार्यक्रमका सहभागी नियमित रक्तदाता तथा सामाजिक कार्यमा क्रियाशील विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो ।

    aaaaaa.JPG

    सडक दुर्घटनामा परि ज्यान गुमाएकी स्वर्गीय प्रतिमा बस्नेतको स्मृतिमा स्थापित यो संस्थाले हरेक वर्ष जनप्रतिनिधि सम्मान, महिला पत्रकार सम्मान, समाजसेवी सम्मान, दीनदुःखी, असहायलाई सहयोग, छात्रवृत्ति प्रदान, ज्येष्ठ नागरिक सम्मान लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।