२०८३, मंसिर १ गते

Nov 17 2026 | २०८३, मंसिर १ गते

एमालेका ज्येष्ठ कम्युनिष्ट मञ्च सदस्य गोविन्द पन्थीको निधन

सोमवार , कार्तिक ३०, २०८३

  • 514
    Shares
  • 514
    Shares
  • बुटवल, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुराना नेता तथा बुटवल उपमहानगरपालिका कमिटीको ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य गोविन्द प्रसाद पन्थीको ८६ वर्षको उमेरमा निधन भएको छ । अर्घाखाँचीको साविक भगवती गाविस, हाल छत्रदेव गाउँपालिका–७ मा १९९७ साल भदौ ४ गते जन्मनुभएका पन्थीको सोमबार निधन भएको हो ।

    परमानन्द पन्थी र मनकला पन्थीका ज्येष्ठ सुपुत्रका रूपमा जन्मनुभएका उहाँ २०६५ सालदेखि बुटवल उपमहानगरपालिका–१३, बेलवासस्थित लालिगुराँस पथमा बस्दै आउनुभएको थियो । उहाँ लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । पार्टीका पुराना नेता पन्थी राजनीतिक आन्दोलनका क्रममा नेता तथा कार्यकर्तालाई आश्रय दिने सेल्टरदाताका रूपमा समेत परिचित हुनुहुन्थ्यो ।

    उहाँको निधनपछि एमालेले सोमबार दिउँसोे पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले केन्द्रीय कमिटी सदस्य चेतनारायण आचार्य, गोमा आचार्य, तेजेन्द्र के.सी., डीआर घिमिरे, मधुकला कुँवर, शोभाकर पोखरेललगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागीता थियो । 
    कार्यक्रमको संयोजन एमाले बुटवल उपमहानगर कमिटी–१३ का अध्यक्ष दिपक पन्थीले गर्नुभएको थियो । ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य पन्थीको निधनले पार्टी तथा समाजलाई अपुरणीय क्षति पुगेको एमालेले जनाएको छ ।

    स्वर्गीय पन्थीका श्रीमती मनकला पन्थी, छोरा चेतनारायण पन्थी, बुहारी सावित्रा गौतम पन्थीसहित पाँच छोरी र १४ जना नातिनातिना हुनुहुन्छ । उहाँका छोरा चेतनारायण पन्थी एमाले बुटवल उपमहानगर कमिटीका विभागीय सदस्य हुनुहुन्छ । त्यस्तै उहाँकी माइली छोरी दीपा आचार्य एमाले निकट जिल्ला अखिल नेपाल महिला संघ अर्घाखाँचीको अध्यक्ष हुनुहुन्छ भने ज्वाइँ चेतनारायण आचार्य एमाले केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ । जेठी छोरी उमकला पौडेल र ज्वाइँ लक्ष्मण पौडेल, साइँली छोरी तुलसा खनाल र ज्वाइँ देवी खनाल, काइँली छोरी गीता ढकाल र ज्वाइँ ईश्वर ढकाल, कान्छी छोरी सीता आचार्य र ज्वाइँ लिलाधर आचार्य हुनुहुन्छ । दिवंगत

    पन्थीको अन्तिम संस्कार सोमबार नै गुल्मी जिल्लाको रिडीस्थित कालीगण्डकी घाटमा गरिने परिवारले जनाएको छ ।