सोमवार , कार्तिक ३०, २०८३
भैरहवा, ३० कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित छबिनाथ मुराउको घरमा चोरी भएको छ । कार्तिक २८ गते राति घरमा कोही नभएको मौका छोपी चोरी भएको हो ।
कार्तिक २९ गते बिहान घर पुग्दा चोरी भएको थाहा पाएको छबिनाथका छोरा कृष्ण प्रसाद मुरावले बताउनुभयो । उहाँका अनुसार घरबाट नगद १ लाख ६५ हजार रुपैयाँ, सुनका विभिन्न गरगहना, मिक्सर मेसिनलगायतका सामान चोरी भएका छन् ।
‘छठपूजाको तयारीका लागि हामी दोगहरीस्थित अर्को घरमा गएका थियौं । त्यही समयमा चोरी भएछ,’ उहाँले भन्नुभयो । घटनाबारे प्रहरी कार्यालयमा समेत जानकारी गराइएको कृष्ण प्रसादले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij