
बिहिवार , जेठ १३, २०७८
भैरहवा, १३ जेठ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयको वरिष्ठ सल्लाहकारमा बैजनाथ गुप्ता (बी.एन.) नियुक्त भएका छन् । गुप्तालाई जेठ १३ गतेदेखि लागू हुने गरी बिहीबार वरिष्ठ सल्लाहकारमा नियुक्त गरिएको मन्त्री पाण्डेयको सचिवालयले जनाएको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) सिद्धार्थनगरका इञ्चार्ज रहेका गुप्ताले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । ‘मन्त्री पाण्डेयज्यूले आफ्नो सचिवालयमा मलाई विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएको छ, सेवामा समर्पित भइ जिम्मेवारी निर्वाह गर्नेछु, ’उनले भने ।
भौतिक पूर्वाधार विकास मन्त्री मन्त्री पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३(१) बाट तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij