२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

एमाले उम्मेदवार चन्द्र बहादुर खड्कालाई भोट हाल्न जसपा संसदीय दलको ह्वीप

आइतवार , जेठ १६, २०७८

भैरहवा, १६ जेठ । 
जेठ १७ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई मत दिन जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलले ह्वीप जारी गरेको छ । जसपा लुम्बिनी प्रदेश संसदीय दलको शनिबारको बैठकले उपनिर्वाचनमा एमाले उम्मेदवार खड्कालाई मतदान गर्न ह्वीप जारी गरेको हो । 

संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकले एमाले उम्मेदवार खड्कालाई मतदान गर्न ह्वीप जारी गरिएको संसदीय दल प्रमुख सचेतक तथा उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेयले बताइन् । प्रमुख सचेतक पाण्डेयद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेदवारलाई मतदान गर्ने ह्वीप जारी गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

IMG_20210530_230231.jpg