images
images

आइतवार, जेठ ६ गते २०८१

लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा २९७ मत खस्यो

लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा २९७ मत खस्यो

images
images
images
सोमवार, जेठ १७ २०७८
सोमवार, जेठ १७ २०७८
  • लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा २९७ मत खस्यो

    दाङ, १७ जेठ । 
    लुम्बिनी प्रदेश अन्र्तगत रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि भएको उपनिर्वाचन अन्तर्गत मतदानमा २९७ मत खसेको छ । सोमबार बिहान ९ बजेदेखि मतदान सुरु भएकोमा २९७ मत खसेको प्रदेश निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए । जम्मा मतदाता संख्या ३ सय रहेकोमा ३ जनाले मतदान गरेनन् । निर्वाचत अधिकृत भट्टराईका अनुसार प्रदेश सांसदहरु सबैले मतदान गरेका छन् । तीन जना स्थानीय तहका प्रमुख भने मतदानमा उपस्थित भएनन् ।

    images
    images
    images

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मत खसालेर मतदानको सुरुवात गरेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्ती लगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन् । राष्ट्रिय सभा सदस्य पदका लागी नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसको तर्फबाट दिर्गनारायण पाण्डे उम्मेदवार प्रतिष्पर्धामा छन् । पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ ।

    यस अघि लुम्बिनी प्रदेशका ७९ जना मात्रै मतदानमा सहभागी हुन पाउने भने तापनि आइतबार जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि प्रदेशसभामा ८३ सदस्यले मत दिन पाएका हुन् । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १८ मतभार रहनेछ ।

    लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना रहेको दावी गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको कुल संख्या ८७ हो । तर, अहिले कायम रहेको संख्या ८३ छ । एमाले गठबन्धनमा ४२ जना सांसद छन् । विपक्षी गठबन्धनका ४१ छन् । नेकपा एमालेका ३८, नेपाली कांग्रेसका १९, माओवादी केन्द्र १९ (विमला वली सहित) जसपा महन्थ पक्ष ४, जसपा उपेन्द्र पक्ष २ र राष्ट्रिय जनमोर्चाका १ सांसद लुम्बिनी प्रदेश सभामा छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij