२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

मन्त्री कल्पना पाण्डेद्वारा डिभिजन वन कार्यालयको निरीक्षण

मंगलवार , आषाढ ८, २०७८

भैरहवा, ८ असार ।

लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले विभिन्न डिभिजन वन कार्यालयहरुको स्थलगत निरीक्षण गरेकी छन् । मन्त्री पाण्डेले मंगलबार डिभिजन वन कार्यालय, रुपन्देही, बुद्ध सामूदायिक वन (गौतमबुद्ध राष्ट्रिय उद्यान) र प्रगति सामुदायिक वन घोडाहा, देवदहको निरीक्षण गरेकी हुन् ।

वन कार्यालय तथा उद्यानमा पुगेकी मन्त्री पाण्डेले बहुउद्देश्यीय नर्सरी लगायतको अवस्थाको बारेमा जानकारी लिनुभएको स्वकीय सचिव चन्दन तिवारीले जानकारी दिए । सो अवसरमा बोल्दै उनले वन संरक्षणमा ध्यान दिन निर्देशन दिएकी थिइन् ।

त्यस्तै वन कार्यालयको हिरासत कक्षमा रहेका थुनुवाहरुलाई भेट गरी उनीहरुको अवस्थाबारे समेत मन्त्री पाण्डेले जानकारी लिनुभएको उनको सचिवालयले जनाएको छ ।


IMG-20210622-WA0028.jpg