images
images

सोमवार, जेठ ७ गते २०८१

आगलागीपीडित व्यवसायीलाई सिद्धार्थ उद्योग वाणिज्य संघको सहयोग

आगलागीपीडित व्यवसायीलाई सिद्धार्थ उद्योग वाणिज्य संघको सहयोग

images
images
images
सोमवार, आषाढ २८ २०७८
सोमवार, आषाढ २८ २०७८
  • आगलागीपीडित व्यवसायीलाई सिद्धार्थ उद्योग वाणिज्य संघको सहयोग

    भैरहवा, २८ असार ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आगलागीपीडित व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । संघले सोमबार सिद्धार्थनगर नगरपालिका–८ नारायणपथस्थित सुन्दर ग्लास हाउसका सञ्चालक सुन्दर अग्रहरीलाई एकलाख प्रदान गरेको हो । कासंघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले अग्रहरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    चेक हस्तान्तरण पश्चात बोल्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले आगलागीबाट ठूलो क्षति भएका संघमा आबद्ध फर्म सुन्दर ग्लास हाउसका सञ्चालक सुन्दर अग्रहरीलाई एकलाख हस्तान्तरण गरिएको बताए । उनले आगलागीपीडित व्यवसायीलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताए । संघले स्थापना गरेको राहत कोषमार्फत व्यवसायको प्रकृति र क्षति हेरेर राहत उपलब्ध गराउँदै आएको उनको भनाइ छ । आगलागी नियन्त्रणका लागि आफ्नो ज्यान जोखिममा राखेर सहयोग गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, व्यवसायी लगायत सम्पूर्णलाई धन्यवाद दिए ।

    संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेले व्यवसायीलाई परेको समस्या समाधानका लागि संघले सहजीकरण गर्ने बताए । संघका महासचिव विजय पाण्डेले केही भए पनि राहत होस् भन्ने उद्देश्यले आगलागिपीडित व्यवसायीलाई एकलाख रकम प्रदान गरिने बताए । 

    सुन्दर ग्लास हाउसमा शनिबार राति आगलागी भएको थियो । आगलागीबाट गोदाममा रहेका प्लाइउड बोर्ड र फाइबरसहित दुईतल्ले घर ध्वस्त भएको छ । आगलागीबाट ५ करोड बढीको क्षति भएको सञ्चालक सुन्दर अग्रहरीका दाजु जोगेन्द्र अग्रहरीले जानकारी दिए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij