२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

होण्डा ग्राजिया बीएस–६ बजारमा

सोमवार , श्रावण ४, २०७८

भैरहवा, ४ साउन ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार टेड्रिङ कम्पनी लिमिटेडले सोमबारदेखि नेपाली बजारमा होण्डा ग्राजियाको बीएस–६ मोडल लञ्च गरेको छ ।
सोमबार एक कार्यक्रमकाबीच उक्त नयाँ मोडलको स्कुटरको लञ्च गरिएको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले होण्डा ग्राजियाको बीएस–६ (स्कुटर) लञ्च गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले होण्डा आफैमा परिचित नाम भएको बताए । उनले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा यस क्षेत्रमा विकास भइरहेकोले मोटरसाइकल र स्कुटरको समेत माग बढेको बताए । मन्त्री पाण्डेयले यस क्षेत्रको विकासका लागि होण्डाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

IMG_0424.JPG

स्याकार टेड्रिङ कम्पनीका वेयरहाउस म्यानेजर टंक बहादुर दर्लामीले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै होण्डा ग्राजियाको बीएस–६ मोडल विक्री शुभारम्भ गरिएको बताए । उनले आर्कषक र स्टाईलिस लुक रहेको यो १२५ बीएस–६ मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्ण रुपमा रि-डिफाइन गरिएको बताए । उनका अनुसार १५५ एमएमदेखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यो स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध गराएको छ । फिचर अन्तर्गत ग्राहकहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिने जानकारी दिए ।
स्याकार टेड्रिङ कम्पनी लिमिटेडका प्रबन्धक रामचन्द्र पाण्डेले होण्डाको पीजीएम एफआई (प्रोगाम फ्यूल इन्जेसन) प्रविधि प्रयोग भएका यो स्कुटरमा बढी माइलेज र पावर रहेको बताए । उनले ग्राजियाको नयाँ बीएस–६ डीएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आइडलिङ स्टप रहेको बताए ।  नयाँ  बीएस–६ एसटीडी मोडलमा इञ्जिन स्टार्ट स्टप स्वीच रहेको र यो स्कुटरमा साइड स्ट्याण्ड इञ्जिन अफ फिचर, एसीजीसहितको स्टार्ट, इएसपी प्रविधिको साथ हेट इञ्जिन जस्ता विभिन्न उपयोगी विशेषता रहेको बताए ।

नेपाली बजारमा ग्राजिया बीएस–६ डीआरएसको मूल्य २ लाख ६९ हजार ९ सय र ग्राजिया बीएस–६ डीएसस मोडलको मूल्य २ लाख ८९ हजार ९ सय रहेको स्याकार टेड्रिङ कम्पनी लिमिटेडका विक्री प्रतिनिधि राजकुमार पुलामीले बताए ।

कार्यक्रममा स्कुटर खरीद गर्ने तिलोत्तमा–७, रुपन्देहीका टीकाराम खरेल र सिद्धार्थनगर–१२ का गीता गैरे बञ्जाडेलाई मन्त्री पाण्डेय र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजनजंग राणाले स्कुटरको चाबी हस्तान्तरण गरेका थिए ।

IMG_0444.JPG