images

सोमवार, बैशाख २४ गते २०८१

तिलोत्तमामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सुरु

तिलोत्तमामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सुरु

डाटा अद्यावधिक गर्न करदाता पहिलो एक पटक वडामा जानुपर्ने  

images
images
images
मंगलवार, श्रावण ५ २०७८
मंगलवार, श्रावण ५ २०७८
  • तिलोत्तमामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सुरु

    भैरहवा, ५ साउन । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाईन प्रणालीबाट राजस्व संकलन सुरु गरिएको छ । यो सेवासंगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । नगरपालिकाले सुरु गरेको डिजिटल प्रविधिको मंगलबार एक समारोहकाबीच नगरप्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरेका छन् ।

    नगरपालिकाले सम्पति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो । योसंगै स्थानीय तहलाई बुझाउनुपर्ने राजस्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्दतिको अन्त्य गर्न नगरपालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको नगरप्रमुख घिमिरेले बताए ।

    कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु सहज हुने उनको भनाइ छ । अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन समेत सहज हुनेछ । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्यांक पनि आउने र यसले योजना निर्माणलाई पनि सहज बनाउने नगरपालिकाको विश्वास छ ।

    करदाताले कर तिर्न ई–पोर्टलमा विवरण भरेर दर्ता हुनुपर्छ । त्यसपछि ई–सेवा र खल्ती डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइलबाटै कर भुक्तानी गर्न सकिनेछ । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । यो प्रणाली सुरु गर्न करदाता पहिलो एक पटक वडा कार्यालयमा गएर विवरणहरु अद्यावधिक गराउनुपर्छ । त्यसपछि घरमै बसेर सेवा लिन सकिनेछ ।

    सहभागितामुलक र पारदर्शी राजस्व प्रणाली विकास गर्दै जान सुरु गरिएको प्रणालीले स्मार्ट नगरको एउटा सूचक पूरा गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको भनाइ छ । उनले नगरपालिका करदाताप्रति उत्तरदायी छ भन्ने कुरा अनुभुति गराउने गरी अनलाइन राजस्व सुरु गरिएको र यसले सुशासनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । अनलाइन भुक्तानीबाट करदाताको डाटाबेस तयार हुने र  आउँदा वर्षहरुका लागि राजस्व अनुमानलाई वास्तविक बनाउने उनको भनाइ छ ।

    करदाताको विवरण ई–पोर्टलमा दर्ता गरिसकेपछि आन्तरिक संकेत र करदाता कोड प्राप्त हुन्छ । यहीँ कोडका आधारमा पछिल्लो पटक मोवाइलबाटै कर तथा दस्तुर तिर्न मिल्छ । यस प्रणालीमा २ वटा पोर्टल छन् । एउटा पब्लिक र अर्को कोर । पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा करदाताले आफू सम्बन्धित घर–जग्गा, सम्पत्ति, व्यवसाय जस्ता व्यक्तिगत विवरण हुन्छन् । यस पोर्टलबाट नगरले उठाउने सम्पूर्ण कर र दस्तुरको दर थाहा पाउन सकिन्छ ।

    पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्नका लागि हुन् । यसमा करदाताले नगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्यांकन करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुविधा छ । करदातासँग सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्यांकन गरेर तिर्नुपर्ने राजस्वको अंक देखाउँछ । यसबाट नगरलाई कति रकम तिर्नु पर्ने हो ? करदातालाई थाहा हुने सूचना प्रविधि अधिकृत सुदीप ढकालले जानकारी दिए ।

    करदाताको विवरण पेस भएपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा स्वचालित प्रणालीबाट तयार भएको कर विवरणलाई रुजु र स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ ।

    यसैबीच तिलोत्तमा नगरपालिकाले मंगलबार नैं सेवाप्रवाह सम्बन्धी विभिन्न सफ्टवेयर तथा एप्लिकेशनहरु सार्वजनिक गरेको छ । नगरपालिकाले अनलाइन राजस्वसहित ई–पेमेन्ट, अनलाइन सिफारिस, कर्मचारी व्यवस्थापन अनुगमन तथा मूल्यांकन सिष्टम, टुरिजम एप, सम्पूर्ण सामुदायिक विद्यालयहरुमा मोबाइल एप्लिकेशन, हेल्लो मेयर सिष्टम, डकुमेन्ट व्यवस्थापन सिष्टम, नगरपालिका मोबाइल एप, सेन्ट्रलाइज्ड सिष्टम लन्चिङ गरेको हो ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij