images
images

आइतवार, जेठ ६ गते २०८१

स्वास्थ्य सेवा तथा वडा कार्यालय भवनको शिलान्यास

स्वास्थ्य सेवा तथा वडा कार्यालय भवनको शिलान्यास

images
images
images
शनिवार, श्रावण ९ २०७८
शनिवार, श्रावण ९ २०७८
  • स्वास्थ्य सेवा तथा वडा कार्यालय भवनको शिलान्यास

    भैरहवा, ९ साउन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा वडा नम्बर ६ को स्वास्थ्य सेवा तथा वडा कार्यालय भवन शनिबार शिलान्यास भएको छ ।  एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय र नगरप्रमुख हरि प्रसाद अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले जनताको करबाट जनप्रतिनिधिको माध्यम बनेर भएको काममा सबैको सहयोग जरुरी रहेको बताए । कामका हिसाबले मन्त्री हुँदा बजेट अब विकासमा लगाउन सकिने मन्त्री पाण्डेयले बताए ।

    images
    images
    images

    नगरप्रमुख अधिकारीले नगरमा केही भएन भन्नु भन्दा भएका कामको सकारात्मक तरिकाले राम्रोलाई राम्रो भन्नुपर्ने बताए । धेरै काम र विकास नगरमा भएको र अब ६ नम्बर वडाको भवन बनेपछि सबै वडा कार्यालय आफ्नै भवनमा हुने उनको भनाइ थियो ।  नगर उपप्रमुख उमा काफ्लेले सार्वजनिक जग्गाको खोजीमा सबै जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिइन् ।

     

    सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा  वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला),  पूर्व वडाअध्यक्ष रामशंकर कान्दु, करुणानिधि शर्मा, जनता समाजवादी पार्टी नेपाल (जसपा) सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जयसवाल, वडा सदस्य वेद प्रसाद सापकोटा लगायतले बोलेका थिए । नगरपालिका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    वडा नम्बर ६ स्थित नेवाः खलको भवन नजिक २१ धुर जग्गामा २०७८ माघसम्ममा निर्माण सक्ने गरी ठेक्का भएको बताइएको छ । भुंइतलामा स्वास्थ्य भवननिर्माण हुनेछ भने पहिलो तलामा वडा समितिको कार्यालय रहने नगरपालिका वरिष्ठ इञ्जिनियर जीवनअर्यालले बताए । लुम्बिनी प्रदेश सरकारबाट २८ लाख ५० हजार, स्वास्थ्यबाट ६१ लख ४९ हजार र बाँकी नगरपालिकाले व्यहोर्ने गरी ८८ लाख ८४ हजार ७७४ मा ठेक्का सम्झौता भएको अर्यालले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij