२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा वस्तुगत समिति गठन

मंगलवार , श्रावण १२, २०७८

बुटवल, १२ साउन । 
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप तीनवटा वस्तुगत समिति गठन गरिएको छ । मंगलबार संघमा भएको बिषयगत उद्योगी व्यवसायीहरुको भेलाले कृषि अन्तरगत लाईभस्टक र डेरी तथा कपडा वस्तुगत समिति गठन गरिएको हो । कृषितर्फ लाईभ स्टक वस्तुगत समितिको सभापतिमा शम्भुकुमार गुप्तालाई चयन गरिएको छ । समितिको उपसभापतिमा गंगाप्रसाद सापकोटा तथा सदस्यहरुमा अमृतनारायण श्रेष्ठ, गोपाल पाण्डे, मेघनाथ पौडेल, राजन पौडेल र टंक ज्ञवालीलाई चयन गरिएको छ । त्यस्तै कृष्णप्रसाद भट्टराईलाई समितिको सल्लाहकार चयन गरिएको छ ।

त्यस्तै कृषितर्फ नै डेरी वस्तुगत समितिको सभापतिमा गणेशसिंह भण्डारी र उपसभापतिमा कृष्णप्रसाद उपाध्यायलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा उमा शर्मा, संजोग श्रेष्ठ, जीवलाल न्यौपाने, कृष्ण पन्त र पितामबर भण्डारीलाई चयन गरिएको छ । त्यस्तै कृष्णप्रसाद भट्टराई, पदमप्रसाद पौडेल र मदन काफ्लेलाई सल्लाहकारमा चयन गरिएको छ ।

कपडा वस्तुगत समितिको सभापतिमा अनिलकुमार चुकेलाई चयन गरिएको छ । समितिको उपसभापतिमा हरेन्द्र पटवा र सदस्यहरुमा खड्ग थापा, देबेन्द्र श्रेष्ठ, राकेश कसौधन, सम्झना ह्योजु, राजेश कसजु, निर्मल श्रेष्ठ र स्वराज जयसवाललाई चयन गरिएको छ ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, संघका कार्यसमिति सदस्यहरु कृषि वस्तुगत समितिका समन्वयकर्ता बसन्तप्रसाद ढकाल, कपडा बस्तुगत समितिका समन्वयकर्ता प्रकाशकुमार श्रेष्ठ, कार्यसमिति सदस्य तथा कपडा वस्तुगत समितिका निवर्तमान अध्यक्ष त्रिबिक्रम श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।