२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

बुलेटको मेटिअर लन्च

बुधवार , श्रावण १३, २०७८

बुटवल, १३ साउन ।
रोयल ईनफिल्डको नयाँ मोडल मेटिअरका ३ नयाँ भेरियन्ट बुटवलमा लन्च गरिएको छ । लुम्बिनी क्षेत्रमा गैरे प्रतिष्ठान प्रा.लि.ले कालिकानगरमा बुधबार लन्च गरिएको हो । युवाहरु माझ रुचाइएको बुलेटका क्लासिक, ईलेक्ट्रा, हिमालय र ईन्ट्रसेप्टर गरी ४ मोडलहरु यसअघि नै बजारमा उपलब्ध रहेको थियो । बुधबार पाचौ मोडल मेटिअर बुटवलसहित देशभर लन्च गरिएको प्रतिष्ठानका सञ्चालक प्रेमराज गैरेले बताए । हाल ३५० सिसिका सुपरनोभा, स्टेलर र फायर बल गरी ३ भेरिअन्टका यो उपलब्ध हुने उनले उनले बताए । मोडल अनुसारको फरक फरक मूल्य रहेको उनले बताए । सुपरनोभा ६ लाख ४५ हजार, स्टेलर ६ लाख १७ हजार र फायर बल ६ लाख बजारमुल्यमा उपलब्ध हुने उनले बताए । 

भारतका चेन्नईमा ५ वटा उद्योगबाट उत्पादन भइरहेको छ । अहिले बजारमा ७ वटा कलरहरु, डबल एबिएस ब्रेक सिस्टम, जीपीएस जडान, १५ लिटर टंकी र सुरक्षाको मापदण्ड अपनाइएको छ । बाईकको ४० किलोमिटर प्रतिलिटर माइलेज दिने, स्पोर्टी लुक्स रहेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताए । 

एक समारोहकाबीच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिम क्षेत्रिय डिलर एसोसिएशनका अध्यक्ष प्रेम गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे औपचारिक रुपमा लन्च गरेका छन् । कार्यक्रममा वाणिज्य उपाध्यक्ष नरिश्वर पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भवानी पाण्डे, नेपाली कांग्रेस बुटवल नगरका सभापति खेलराज पाण्डे, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल पत्रकार खिमानन्द भट्टराईले दिगोपन र सुरक्षाका विषयमा विक्रेता कम्पनीले सोच बनाएर कार्यक्रमहरु ल्याउन सुझाव दिए ।