२०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

पृथ्वीचन्द्र अस्पतालको सुविधासम्पन्न भवन निर्माण शुरु

बिहिवार , श्रावण १४, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • नवलपरासी:

    बर्दघाट सुस्ता पश्चिम स्थित पृथ्वीचन्द्र अस्पतालको सुविधासम्पन्न नयाँ मुख्य भवन निर्माण कार्य शुरु गरिएको छ । पूर्वाधार अभावका कारण सेवा प्रवाहमा असहजता हुँदै आएको यस अस्पतालका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि मुख्य भवन निर्माण गरिन लागेको हो । 

    नयाँ भवनको आर्थिक मामिला एवं योजनामन्त्री बैजनाथ चौधरीले शिलान्यास गरे । स्वास्थ्य सेवालाई थप सृदृढ र प्रभावकारी बनाउन पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको उनले बताए । 

    लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय रुपन्देहीले अस्पताल भवनका लागि रु २० करोड ७८ लाख १६ हजार बजेट विनियोजन गरेकामा निर्र्माण कम्पनीले रु १३ करोड ६६ लाख ८८ हजारमा निर्माणको जिम्मा लिएको शहरी विकास तथा भवन कार्यालयका प्रमुख गोविन्द गौतमले जानकारी दिए ।

    पचास श्ययाको तीन तले भवन, पार्किङ्स्थल, पर्खाल तथा हरियाली बगैँचा निर्माण हुने गौतमले बताए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त भवन निर्माणको जिम्मा श्यामसुन्दर÷एनबी जेबी काठमाडौँले पाएको छ । रासस