२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

पूर्व विद्यार्थीद्धारा पक्लिहवा माविमा स्मृति पार्क निर्माण

आइतवार , श्रावण १७, २०७८

  • 6.1K
    Shares
  • 6.1K
    Shares
  • भैरहवा, १७ साउन ।
    श्री पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवा भैरहवामा अध्ययन गरेका पूर्व विद्यार्थीहरुद्धारा दिवगंत सहपाठीहरुको सम्झनामा ‘स्मृति पार्क’को निर्माण गरेका छन् । विद्यालयमा अध्ययनरत वर्ष २०५५÷०५६ एसएलसी समूहका विद्यार्थीहरुले आफूहरुकै सामुहिक प्रयासमा पार्क निर्माण गरी आज एक कार्यक्रमकाबीच वृक्षारोपण समेत गरिएको थियो ।

    वृक्षारोपण अन्तर्गत विभिन्न उन्नत जातका आँप, लिची, एभोकडा, जामुन, कटहर, टिकोमा लगायतका फलफूल तथा फूलहरुको ५० भन्दा बढी विरुवाहरु रोपिएका थियो । कार्यक्रममा पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी सुशील गुरुङ्ग, शिक्षाप्रेमी तथा पूर्व प्रधानाध्यापक दिनेश श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेत लगायतले पूर्व विद्यार्थीले गरेको योगदानको उच्च प्रशंसा गर्दै भोलिका दिनमा पनि विद्यालयको समग्र विकास, थप भौतिक पूर्वाधार तथा पढाईमा गुणात्मक अभिवृद्धिमा टेवा पुर्याउने आशा व्यक्त गरेका थिए । 

    प्रथम चरण अन्तर्गत पार्कमा करिब ७० हजार लगानी रहेको पूर्व विद्यार्थी तथा कार्यक्रम संयोजक मनिषा थापाले बताइन् ।। कार्यक्रममा पूर्व विद्यार्थी तथा बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिम थापा, रईश खान, नबिन्द्रु रसाइली, लक्ष्मी रसाइली, रहिसुन निशा, बृन्दा मल्ल, चन्दा राना, माधव शर्मा, सन्तोष जयसवाल, मन्जु गुरुङ्ग, निशा गुरुङ्ग, मोहम्मद हसन, मिना थापा, बबिता शर्मा, विकाश तामाङ्ग, शशी थापा लगायतको सहभागिता रहेको थियो । 

    3.jpeg