२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

महेसपुर भन्सारद्धारा २७ करोड ३० लाख राजस्व संकलन 

मंगलवार , श्रावण १९, २०७८

परासी, १९ श्रावण । महेसपुर भन्सार कार्यालय नवलपरासीले एक बर्षमा २७ करोड ३० लाख बढि राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा कुल २७ करोड ३० लाख २१ हजार २ सय ५० रुपैया राजस्व संकलन गरेको जनाएको छ । यो राजस्व अहिलेसम्मकै बढि राजस्व रहेको भन्सार कार्यालयले जनाएको छ । 

कार्यालयले गत आर्थिक बर्षमा १३ करोड ४ लाख ६१ हजार ६ सय ४१ रुपैया मात्र राजस्व संकलन गरेको थियो तर यसबर्ष राजस्वमा बद्धि हुदै गतबर्षको तुल्नामा दोब्बर राजस्व उठेको तथ्याङ्कले देखाएको छ । गत बर्ष कोभिड र चोरी तस्करीका कारणले राजस्वमा कमी आएको थियो । 

भन्सारकाले असार महिनामा मात्र १ करोड १७ लाख ५४ हजार २ सय ५९ रुपैया उठाएको छ । कार्यालयका अनुसार पैठारी भन्सार महसुल तर्फ १२ करोड ५ लाख ७९ हजार २३३, कृषि सुधार शुल्क तर्फ ४ करोड ८१ लाख ४८ हजार ८ सय ७, पैठारी सेवा दस्तुर तर्फ १५ लाख ४३ हजार ५ सय संकलन गरेको छ । 

त्यस्तै अन्तशुल्क तर्फ ५४ लाख ७६ हजार ९ सय ५१, मुल्य अभिबृद्धि कर तर्फ ८ करोड ७९ लाख ७७ हजार ६ सय ३० र आयकर तर्फ ४९ लाख ८३ हजार ९ सय ३० रुपैया संकलन भएको छ भने सरकारी सम्पत्तिको विक्रीबाट प्राप्त आम्दानी ४२ लाख ५९ हजार १ सय ९९ र अन्य प्रशासनिक सेवाबाट ५२ हजार रुपैया आम्दानी गरेको कार्यालयले जनाएको छ । 
मुल भन्सारले एक बर्षमा यति राजस्व उठाउन कुनै ठुलो कुरो होईन तर भन्सार फुलफेजमा संचालनमा नआउँदा यहाँ व्यवपारीहरुको चाप बढन नसकेको र मालसमानको निकासी पैठारीमा समस्या समेत देखि रहने  कार्यालयका एक कर्मचारीले भने । 

वि.स. २०७५ साल श्रावण १ गते नेपाल सरकारले उक्त महेसपुर छोटी भन्सारलाई मुल भन्सारको रुपमा घोष्णा गरेपनि अझै कार्यान्वयमा समस्या देखिएको छ । करिब २ कठामा रहेको उक्त भन्सारलाई ठुलो एरिया अधिग्रहण गर्न, बाटोघाटोको विस्तार र विकास गर्न, गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, काउटर, क्वारेन्टाईन तथा जनशक्तिको व्यवस्थापनहरु जस्ता महत्वपुर्ण कार्य जरुरी रहेको भन्सारले जनाएको छ ।