२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविस्वास प्रस्ताव दर्ता 

मंगलवार , श्रावण १९, २०७८

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वासको दर्ता भएको छ। विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो। 
शंकर पोखरेल नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार हटाउन प्रदेशका विपक्षी दलको गठबन्धनले तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराएको हो। 

सोमबार मात्र प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८ (२)  अनुसार बहुमत सरकार गठन गर्न प्रस्ताव आह्वान गर्न समाबेदन बुझाएका विपक्षी गठबन्धनले आज प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

विपक्षी गठबन्धनले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए। २०७४ मा पोखरेलको नेतृत्वमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादीको समर्थनमा एमालेको सरकार बनेको थियो। 

३ जेठ, २०७५ मा एमाले र माओवादी एकीकरण भएर नेकपा बनेपछि उनी संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका थिए। 
अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेललाई पटक पटक राजीनामा दिएर मार्ग प्रश्स्त गर्न बिपक्षीले माग गरेपनि अटेरी गरेपछि पुन अबिस्वास प्रस्ताव दर्ता गरिएको बिपक्षी गठबन्धनले जनाएको छ।