
मंगलवार , श्रावण १९, २०७८
नवलपरासी
नेपाली कांग्रेस नवलपरासी पश्चिमले जिल्लाको संघीय क्षेत्र नम्बर २ का पार्टीका सभापति नरेन्द्र कुमार गुप्ता र प्रदेश क्षेत्र न २ (ख) का सभापति दिनेशमणी पटेलले केहि दिन अगाडि पार्टीको कृयाशिल सदस्य थपघट गरिएको बारे संयुक्त रुपमा निकालिएको विज्ञप्ति प्रति काङ्ग्रेस नवलपरासीमा किचलो बढेको छ ।
सभापति गुप्ता र पटेलद्वारा साउन १६ गते संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै जिल्लाको रामग्राम नगरपालीका ३ , १५ र १६ तथा पाल्हीन्दन गाउंपालिकाको ४ वडामा पार्टीको क्रियाशिल सदस्यता वारे विवाद रहेको भन्ने विज्ञप्ति सार्वजनिक गरेपछि काङ्ग्रेस नवलपरासीको एक पक्षले विज्ञप्तिप्रति बिरोध जनाएको छ । कांग्रेस जिल्ला कार्य समिती, नेपाली कांग्रेस संघीय क्षेत्रिय कार्य समिती दुई, नेपाली कांग्रेस रामग्राम नगर कार्य समिती तथा पाल्हीनन्दन गाउं कार्य समितिले मङ्गलबार फरक-फरक विज्ञप्ती निकाल्दै सभापति गुप्ता र पटेलले जारी गरेको विज्ञप्ती पुर्णभ्रामक, क्रियाशिल सदस्यता वितरण कार्यलाई प्रभावित गर्ने र जिल्लामा पार्टीलाई विवादीत दिशामा धकेल्ने देखाउने तर्फ अग्रसर हुँदै गैर जिम्मेवारपुर्ण कार्य गरेको भनि उल्लेख गरिएको छ ।
१४ औ महाधिबेशनकालागि वडा , नगर तथा गाउपालिकाबाट नेपाली कांग्रेसको विधान बमोजीम क्रियाशिल सदस्यता नविकरण तथा नयां सदस्यताको लागि पठाएको नामावली संघीय सभापति गुप्ताले नामावली सिफारिस गरी केन्द्रमा पठाएको र उक्त नामावली केन्द्रबाट प्रारम्भीक रुपमा सार्वजनिक हुदा नगर र वडा बाट सिफारिस गरिएको भन्दा फरक रही उल्लेखित वडामा नियम बिपरित आधिकाशं नाममा फेरबदल गरि सार्वजनिक भएको भनि सभापति गुप्ता र पटेलले विरोध जनाएका थिए ।
यता अर्को पक्षले भने विधान बिपरित पठाएको क्रियाशिल सदस्यहरुलाई समाबेश गर्न केन्द्रलाई दवाव र प्रभावमा पार्ने प्रयास निरन्तर जारी राखेपनि सो अनरुप थप नभएपछि पुन जिल्लामा सदस्यता विवाद छ भन्दै बिज्ञप्ती मार्फत असत्य प्रचार गरिएको आरोप लगाएको छ । पार्टीका जिल्ला सभापति बिष्णु पौडेलद्धारा जारी विज्ञप्तीमा बिधान बमोजीम वडा तथा गाउं, नगरबाट सिफारिस गरिएका क्रियाशिल सदस्यहरु समाबेश भएको भन्ने बुझिएको कुरा उल्लेख गर्दै विधान बिपरित जिल्ला तहबाट कुनै किसीमको केन्द्रलाई दवाव नरहेको कुरा स्पष्ट पादै जिल्लाको तर्फबाट कुनै किसीमको केन्द्रमा दवाव नदिईएको कुरा स्पष्ट पार्नुभयो । यसैगरी नेपाली कांग्रेस,नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) २ का संघीय क्षेत्रिय सचिव आनन्दकन्द मिश्र , सचिव माधव प्रसाद पाण्डे र सचिव प्रदिप सिंह क्षेत्रले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा सभापति गुप्ता र पटेलले विधान बिपरित रहेका क्रियाशिल सदस्य समेत केन्द्रमा पठाएको भनि उल्लेख गरिएको छ ।
त्यस्तै रामग्राम नगर कार्य समितीका कार्यवहाक सभापति श्रीधर वस्याल र पाल्हीनन्दन गाउं कार्य समितीका सभापति हरिहर चौहान द्धारा जारी बिज्ञप्तीमा सभापति गुप्ता र पटेलले विधान बिपरित क्रियाशिल सदस्य थप्ने उदेश्यले सयौ व्यक्तिहरुलाई सदस्यता दिलाउन किर्ते काजगपत्र तयार गरि केन्द्रमा पठाएपनि थप नभएपछि जिल्लामा सदस्यता विवाद सृजना गर्न विज्ञप्ति मार्फत भ्रामक प्रचार गरिएको प्रति आपत्ती रहेको उल्लेख गरेका छन् । जिल्लामा प्रतिनिधिसभा सदस्य तथा केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल र सविधानसभा सदस्य बिक्रम खनालको दुई गुट सकृय छ । गुप्ता र पटेल खनाल निकट छन् भने मङ्गलबार विज्ञप्ति जारी गर्ने समितिहरु कंडेल निकट छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij