
बुधवार , श्रावण २०, २०७८
बुटवल, २० साउन ।
टीभीएस मोटर कम्पनीले बिएस, भिआई कम्प्लायन्सको टिभिएस एनटर्कको १२५ सिसिको स्कुटरलाई आज बुटवलमा लञ्च गरेको छ । नेपालमै पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर टीभीएसले रुपन्देहीको शोरुमबाट लन्च गरेको हो । टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर तथा नेपाली फिल्मका चर्चित कलाकार प्रदिप खड्का र स्वस्तिमा खड्काको उपस्थितिमा बुटवलको बालाजी अटो मोबाइल्सबाट स्कुटीको लन्च गरिएको हो । यस क्षेत्रका युवा ग्राहकहरुको लागि टिभिएसको नयाँ मोडेलमा स्कुटी बजारमा आएको संचालक विशाल जैसवालले जानकारी दिए ।
युवा पुस्तामा टिभिएस मोटर कम्पन्नीको स्कूटी रोजाई बढ्दै जाँदा अहिले एनर्टक मोडेलको स्कूटीमा ब्लुटुथ जडान सहित भएकाले युवावर्गलाई थप आकर्षण गर्ने उनले बताए । यो स्कूटिमा स्पिडोमिटर, नेभिगेशनएसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप टाइमर, फोन ब्याट्री, स्ट्रेन्थ डिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर, स्ट्रट र स्पोर्ट लगायतका मल्टिराईड स्टाटिस्टिक मोल जस्ता सुविधाहलाई कम्पनीले समेटेको छ । स्कुटी म्याट रेड, मेटालिक ग्रे, मेटलिक रेड, मेटलिक निलो रंगमा उपलब्ध रहेको छ । बुटवलमा पहिलो दिन २० वटा स्कूटी विक्री भएको शोरुमका इञ्चार्ज सुन्दर अर्यालले जानकारी दिए ।
यो स्कुटीको बजार मूल्य २ लाख ७७ हजार ९ सय रहेको छ । शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कुसजुले बजारमा टीभीएसका उत्पादनले राम्रै स्थान पाएकाले नयाँ मोडल र प्रविधियुक्त साधन विक्री वितरणमा बालाजी अटोमोबाइल्सले राम्रो भूमिका खेलेको बताए । ब्रान्ड एम्बेसेडर नेपाली नायक प्रदिप खड्का र नायिका स्वस्तिमा खड्काको उपस्थितिमा कार्यक्रम भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij