images

बिहिवार, चैत्र १५ गते २०८०

नवलपरासीका उखु किसानले अझै पाएनन ३ करोड भुक्तानी 

नवलपरासीका उखु किसानले अझै पाएनन ३ करोड भुक्तानी 

करिब ४ हजार विगाहा क्षेत्रफलमा घट्यो उखु खेती

images
images
images
बिहिवार, श्रावण २१ २०७८
बिहिवार, श्रावण २१ २०७८
  • नवलपरासीका उखु किसानले अझै पाएनन ३ करोड भुक्तानी 

    परासी, २१ साउन। नवलपरासीका उखु किसानहरु अझै पनि ३ करोड रुपैया भुक्तानी पाएका छैनन्। किसानहरु विगत ४ बर्षदेखि बाँकी रहेको ३ करोड रुपैया बक्यौता भुक्तान नपाएपछि मर्कामा परेको बताएका छन्।

    images
    images
    images

    जिल्लामा रहेको लुम्बिनी चिनी मिलबाट १ करोड ८० लाख र ईन्दिरा सुगर ईन्डष्ट्रिज प्रालीबाट १ करोड २० लाख रुपैया गरि कुल ३ करोड रुपैया किसानहरु भुक्तानी पाउनु पर्ने छ। तर यसको भुक्तानी दिलाउन नत प्रशासन कार्यालयले पहल गरिरहेको छ नत कुनै सम्बन्धित निकायले नै चाँसो देखाएको छ। किसानको समस्या समाधानका लागि स्थानिय प्रशाशन र सरोकारवाला निकाय मौन रहेको उखु उत्पादक कृषक संघका अध्यक्ष उमेशचन्द्र यादवले गुनासो गरे। 

    लामो समयदेखि उखुको भुक्तानी नपाएका किसानहरुलाई अहिले घर–व्यवहार मिलाउन निकै समस्या भईरहेको बताएका छन्। कोभिड–१९ को माहामारी र लकडाउनका कारण आफुहरु आर्थिक संकटमा परेको बताएका छन्। खेतीपाती गर्न किसानहरु साहु महाजन कहाँबाट ऋणधन गरि खेतीपाती गरे, अहिले किसानहरुको घरमा पैसा छैन कृषक संघका अध्यक्ष यादवले भने अहिले घर व्यवहार मिलाउन सजिलै कसैबाट सापटी वा ऋण पनि पाईरहेको छैन, आफुले पाउनु पर्ने पैसा पनि पाईएको छैन्। सुनवल नगरपालिका २ निवासी उखु किसान ज्ञानचन्द्र यादव भन्छन ‘‘मैलेपनि लुम्बिनी चिनी मिलबाट ४ लाख रुपैया भुक्तानी पाउनु पर्ने छ तर दिएको छैन। यस्तो अवस्थामा हामी किसानहरुलाई कसरी घर–व्यवहार मिलाउने, हाम्रा समस्याका बारेमा कसले आवाज उठाउने, हामी निकै तनावमा रहेका छौ।”   

    जिल्लामा बागमति खाडसारी चिनीमिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज, लुम्बिनी चिनि मिल गरि ३ ठुला चिनी मिल छन। तर विगत ३ बर्षदेखि ईन्दिरा र लुम्बिनी चिनी मिल संचालनमा छैनन्। मिल संचालकहरुले विगत तीन बर्षदेखि लुम्बिनी र ईन्दिरा सुगर मिल पनि नचलाउने र किसानहरुलाई भु्क्तानी दिन पनि आलटाल गर्दै आएको संघका अध्यक्ष यादवले जानकारी दिए। अध्यक्ष यादवका अनुसार ईन्दिरा र लुम्बिनी चिनि मिलले १८ करोड बक्यौता रकम मध्ये १५ करोडसम्म भुक्तानी गरिसकेका छन्। तर, बाँकी रहेको ३ करोड रुपैया भुक्तानी दिन आलटाल गर्दै आएको कृषकहरुको आरोप छ। उनीहरुले समयमै उखुको भुक्तानी नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। 

    चिनी मिलले कृषकहरुको भुक्तानी रोक्दा नवलपरासीमा उखु खेती खुम्चीदै गएको छ। विगतमा साढे ७ हजार हेक्टर क्षेत्रफलमा हुदै आएको खेती भुक्तनीमा भएको ढिलाईका कारण उखु खेती क्रमशः घटदै गएको कृषहरुले स्वीकार गरेका छन्। किसानहरु वि.स. २०६४ सालमा साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरि ३२ लाख क्विन्टल उखु उत्पादन गरेका थिए तर अहिले ढिलो भुक्तानी र उखु प्रति किसानहरुको नैरस्यताका कारण उखु खेती घट्दै हाल ५ हजार हेक्टर क्षेत्रफल झरेको छ। ३२ लाख क्वीन्टलबाट अहिले १० लाख क्वीन्टल उत्पादनमा सिमित भएको छ। १४ बर्षको अन्तरालमा करिब ४ हजार विगाहा क्षेत्रफलमा उखु खेती घटेको संघले जनाएको छ।  

    जिल्लामा रहेका चिनी उद्योगहरुले उखु उत्पादन बढाउन तथा कृषक प्रोत्साहनका लागि उखु क्षेत्रमा कुनै लगानी तथा कार्यक्रमहरु गरेको पाईदैन। उनीहरुले उल्टै किसानलाई समयमा भुक्तानी नदिई थप निराश बनाउने कार्य गर्दै आएको किसानहरुको आरोप छ। यस्तै जिल्लामा १ सय बढि भेली क्रसरहरु पनि संचालनमा छन्। भेली क्रसरहरु पनि सरकारले निर्धारण गरेको समर्थन मुल्य नदिई किसानको बाध्यात्मक अवास्थको फाईदा उठाउदै उखुमा घौटतौली समेत गर्ने गरेको पाईएको छ। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij