२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

भैरहवामा ब्लुटुथजडित टीभीएस एनटर्कको १२५ सिसिको स्कुटर लञ्च

बिहिवार , श्रावण २१, २०७८

भैरहवा, २१ साउन ।
टीभीएस मोटर कम्पनीले बीएस–सिक्स कम्प्लायन्सको टीभीएस एनटर्कको १२५ सिसिको स्कुटर बुधबार भैरहवामा लञ्च गरेको छ । टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर तथा नेपाली चलचित्रका प्रदिप खड्का र नायिका स्वस्तिमा खड्काको उपस्थितिमा भैरहवाको शोरुमबाट स्कुटीको लन्च गरिएको हो । यस क्षेत्रका युवा ग्राहकहरुको लागि टीभीएसको नयाँ मोडेलमा स्कुटी बजारमा आएको भैरहवामा रहेको शोरुमका व्यवस्थापक खेम जिसीले बताए ।लन्चको पहिलो दिनमा ५ वटा स्कुटी विक्री भइसकेको उनले बताए । शोरुमका लगानीकर्ता विमल श्रेष्ठले युवा पुस्तामा टीभीएस मोटर कम्पनीको स्कुटर रोजाई बढ्दै जाँदा अहिले एनर्टक मोडेलमा ब्लुटुथ जडानसहित स्कुटर भएकाले युवा वर्गलाई थप आकर्षण गर्ने जिसीले बताए ।  बजार प्रमुख विक्रम पाण्डेले टीभीएस कम्पनीको पहिलो स्मार्टनेक्टरलाई प्रस्तुत गर्ने प्रविधि भएको जानकारी दिए । 
सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले पछिल्लो समय स्कुटर र मोटरसाइकलको माग बढ्दै गएको बताए ।

यो स्कूटिमा स्पिडोमिटर, नेभिगेशनएसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप टाइमर, फोन ब्याट्री, स्टेन्थ डिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर, स्ट्रट र स्पोर्ट लगायतका मल्टि राईड स्टाटिस्टिक मोड जस्ता सुविधाहरुलाई कम्पनीले समेटेको जनाएको छ । स्कुटी म्याट रेड, मेटालिक ग्रे, मेटलिक रेड, मेटलिक निलो रगंमा उपलब्ध रहेको छ ।