२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

विपक्षी गठबन्धन भन्छ : मुख्यमन्त्री र प्रमुख सचेतक नै सांसद बन्धकमा 

बिहिवार , श्रावण २१, २०७८

भैरहवा । 

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्रीकै निर्देशनमा सांसद बिमला वलीलाई बन्धक बनाएको घटनाको निन्दा गरेका छन्। 

माओवादी केन्द्रकी सांसद विमला कुमारी खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरणको शैलीमा मुख्यमन्त्री निवास बुटवल ल्याएर ५ दिनसम्म बन्धक बनाएर राखेको भन्दै गठबन्धनले विज्ञप्ति निकालेर कानुनी उपचारको माग गरेको छ। 

कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर, जसपाका उपनेता सुमन शर्मा रायमाझी र राष्ट्रिय जनमोर्चाकी नेतृ तारा जिसीले सम्युक्त रुपमा विज्ञप्ति निकालेर सरकारकै नेतृत्वले अपहरण जस्ता अपराधिक घटनामा संलग्न हुनुले लोकतन्त्र नै धरापमा पर्दै गएको बताएका छन्। 

मुख्यमनत्रीले  अविशिवासको प्रस्तावको सामना नगर्ने, बजेट पेश नै नगर्ने, संसद बहिस्कार गर्ने अन्य पार्टी तोडफोड गर्ने जस्ता घटना त गरि नै रहेका छन, अब केन्द्रीय संसदमा जस्तै मुख्यमन्त्री स्वयम सांसद अपहरण, धम्की र किनबेचको आपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संलगन्न हुँदै गैरहरेको त होइन भनि गम्भीर आशंका जन्माएको छ विज्ञप्तिमा भनिएको छ।

गठबन्धनले घटनामा संलग्नलाई तत्काल कानुनी कठघरामा उपस्थित गराउन माग गर्दै कानुनी दायरामा ल्याउन माग गरेको छ। 
लुम्बिनी प्रदेश सरकारलाई यस्ता अपराधिक घटनामा प्रत्यक्ष संलग्न अपराधीलाई तत्काल कानुनको कठघरामा उपस्थित गराउने माग गर्दै अपराधको बलमा सरकारमा टिकिरहने दुस्वप्न नदेख्न चेतावनी दिन चाहन्छौं, विज्ञप्तिमा भनिएको छ।