२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

एमालेको खण्डन : हामीले सांसद वलीलाई बन्धक बनाएका होईनौ 

बिहिवार , श्रावण २१, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा।  नेकपा एमालेले प्रदेश सांसद विमला खत्री वलीलाई बन्धक बनाइएको कुरामा कुनै सत्यता नभएको बताएको छ। विगत केही दिनदेखी सम्पर्क विहिन भएकी खत्रीले आज पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बताएकी थिइन। एमालेले बिहिबार नै पत्रकार सम्मेलन गरेर खत्रीको कुराको खण्डन गरेको हो।

    पत्रकार सम्मेलनमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले विमला खत्रीलाई राजीखुशी अनुसार नै व्यवहार गरेको बताए। उनले एमालेलाई बद्नाम गराउनको लागि बन्धक बनाएको भनेर चर्चा भएको उल्लेख गरे। ढकालले वली एमालेमा आउन पनि राजिभएको जानकारी दिए। ‘मुख्यमन्त्रीसँग धेरै कुरा भएपछि उहाँले म अब एमालेमा फर्किन्छु भन्नुभएको थियो।’ उनले भने ‘मुख्यमन्त्रीलाई उहाँले मेरा मुद्दाको विषय उठाउनुभयो। तपाई मेरो अभिभावक हो भन्नुभएको थियो ।’ 

    ढकालले प्रदेश सांसद खत्रीलाई राजिखुशी नै दाङबाट बुटवल ल्याएको जिकिर गरे। ‘त्यतीका लामो बाटो थियो। उहाँसँग मोबाइल थियो। दिदीसँग आनन्दले एउटै सिटमा बसेर आउनुभएको थियो।’ उनले भने। बुटवलमा विमलालाई अन्तै बस्ने व्यवस्था गरे पनि उनकै इच्छा अनुसार मुख्यमन्त्री निवासमा राखीएको ढकालले दाबी गरे।