२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

निर्माण, होजेयरी गार्मेन्ट तथा फूटवेयर वस्तुगत समिति गठन

शुक्रवार , श्रावण २२, २०७८

बुटवल, २२ साउन । 
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप दुई वटा वस्तुगत समिति गठन गरिएको छ । संघका विषयगत सदस्यहरुको बैठकले निर्माण वस्तुगत समिति र होजेयरी गार्मेन्ट तथा फूटवेयर वस्तुगत समिति गठन गरेको हो । निर्माण वस्तुगत समितिको सभापतिमा ज्ञानबहादुर पुन र उपसभापतिमा मनोज गौचनलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा मोहन कुमार पाण्डे, बाबुराम चौधरी, विश्व पाठक, नविन पुन मगर, र विष्णु सुब्बालाई चयन गरिएको छ । त्यस्तै निर्माण वस्तुगत समितिको सल्लाहकारमा मोहनलाल जोशी, मञ्जु भुसाल, जविन कक्षपति र टिकाबहादुर श्रेष्ठलाई यदुनाथ पाण्डेलाई चयन गरिएको छ ।

त्यसै गरी होजेयरी गार्मेन्ट तथा फूटवेयर वस्तुगत समितिको सभापतिमा यज्ञप्रसाद भुर्तेल र उपसभापतिमा मुक्तिप्रसाद भण्डारीलाई चयन गरिएको छ । उक्त समितिको सचिवमा कपिलराज अधिकारी, कोषाध्यक्षमा किरण खनाल र सदस्यहरुमा देवलाल अर्गाली, श्रवणकुमार अग्रहरी र सुरेन्द्रराज ज्ञवालीलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा अनिल प्रसाद पाठक र वेगम कुमारी श्रेष्ठलाई चयन गरिएको छ ।

गठित समितिका पदाधिकारी सदस्यहरुलाई शुभकामना व्यक्त गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोरोना महामारीका कारण संघबाट व्यवसायिक हकहितमा अपेक्षाकृत रुपमा काम हुन नसके पनि पहल र पैरवीका कामहरु भइरहेको बताए उनले वस्तुगत समितिहरुलाई सम्बन्धित पेशा व्यवसायमा भएका समस्याहरु उठान गर्न र समाधानको लागि पहल र पैरवीका लागि संघमा जानकारी गराउन आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण वस्तुगत समिति गठनमा संघकी कार्यसमिति सदस्य तथा निर्माण वस्तुगत समिति समन्वयकर्ता जमुना पौडेलले समन्वय गरेका थिए भने होजेयरी गार्मेन्ट तथा फूटवेयर वस्तुगत समिति गठनमा कार्यसमिति सदस्य तथा उक्त समितिका समन्वयकर्ता नेत्रप्रसाद पाण्डेले समन्वय गरेका थिए ।