२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

संघीयताका विषयमा पुनः विचार गर्नुपर्छ : अध्यक्ष थापा

आइतवार , श्रावण २४, २०७८

चितवन, २४ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताए ।
उनले भने, “पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन । अब विचार नै परिवर्तन गर्न जरुरी छ ।”

सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व र समृृद्धिको यात्रा पूरा नहुने भन्दै उनले यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताए । रासस